सानिमा बैँक लि. र एभरेष्ट इन्स्योरेन्स कम्पनीका विच बैकास्युरेन्स (Bancassurance) सम्झौता भएको छ । सम्झौता पत्रमा सानिमा बैँकका नायव प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द र एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गर्नुभयो । यस सम्झौताबाट सानिमा बैँकका सम्पूर्ण शाखा मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका निर्जिवन वीमा एचयमगअत ग्राहकलाई उपलब्ध हुनेछ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै सानिमा बैँकका नायव प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले यस सम्झौताले सानिमा बैँकलाई आफ्ना ग्राहकका सम्पूर्ण निर्जिवन वीमा सम्बन्धी आवश्यकता सम्बोधन गर्न सहयोग हुने भन्दै बैँकले आगामी दिनमा अझ बढी उत्कृट सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सोही कार्यक्रममा बोल्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले यस सम्झौता मार्फत सानिमा बैँकका ग्राहकलाई उत्कृष्ट निर्जीवन वीमा सेवा उपलब्ध गराउनुका साथै यस कार्यका लागी एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई अवसर प्रदान गरेकोमा सानिमा बैँकलाई धन्यवाद दिनु भयो ।